काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह .बालेन) ले देशलाई नयाँ ढंगले अघि बढाउन सक्ने भन्दै तीन जनाको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। बालेनले सार्वजनिक गरेको तस्बिरमा को–को व्यक्ति छन् भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ। उनले ती व्यक्तिहरूलाई देशलाई उभो लाउने टोलीका रूपमा प्रस्तुत गरेका हुन्। तस्वीरमा एक जना स्वयं प्रधानमन्त्री बालेन, अरु दुई मन्त्री डा. स्वर्णिम वाग्ले र शिशिर खनाल छन् ।
प्रधानमन्त्री शाहको यस्तो प्रस्तुतिलाई आगामी राजनीतिक तथा नीतिगत योजनासँग जोडेर हेरिएको छ। उनको नेतृत्वमा नयाँ पुस्ता र नयाँ सोचलाई प्राथमिकता दिने बहस चलिरहेका बेला तीन जनाको तस्बिर सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ।
प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार


