नेपालको सीमा भारतको मुख्य भूमिलाई उत्तरपूर्वी राज्यहरूसँग जोड्ने अत्यन्तै संवेदनशील सिलिगुडी करिडोर (चिकेन नेक) मा पछिल्लो समय भूराजनीतिक तनाव, विशाल भूमिगत सैन्य तथा यातायात पूर्वाधार निर्माण र कूटनीतिक छलफलहरू तीव्र बनेका छन्। नेपाल, भुटान, बङ्गलादेश र चीनको सीमा नजिकै रहेको करिब २०–२२ किलोमिटर चौडा यो साँघुरो भूभागमा भइरहेका मुख्य गतिविधिहरू हरु त्रासपूर्ण छन् ।
१. नेपालसँगको कूटनीतिक तथा हवाई मार्गको चर्चा
हवाई मार्ग (Airspace) प्रस्ताव. नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको हालैको भारत भ्रमणका क्रममा भारतले चिकेन नेक नजिकै रहेको बागडोगरा विमानस्थलको सहज प्रयोगका लागि नेपालको हवाई क्षेत्र (L626 लगायतका प्रवेश विन्दु) प्रयोग गर्ने प्रस्ताव राखेको थियो। उक्त हवाई मार्ग र प्रवेश विन्दुहरू भारत र बङ्गलादेशका सैन्य अखडा तथा संवेदनशील चिकेन नेक क्षेत्रको नजिक पर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालले तत्काल सहमति जनाउन अनिच्छा देखाएको छ।
२. भारतको ‘अपरेसन फोर्ट्रेस सिलिगुडी’ र भूमिगत पूर्वाधार
चिकेन नेकको भौगोलिक जोखिम कम गर्न भारतले यो क्षेत्रलाई अभेद्य किल्ला बनाउने रणनीति (‘Operation Fortress Siliguri’) अघि सारेको छ। ठूला सैन्य ल`डाकु विमान, अति भारी ह`तियार र वि`स्फोटक पदा`र्थ भण्डारण गर्नेगरी सैन्य वेश बनाइरहेको छ ।
भूमिगत रेल र सुरुङ मार्ग: यु`द्ध वा नाकाबन्दीको अवस्थामा पनि यातायात अवरुद्ध नहोस् भनेर भारतले करिब ४० किलोमिटर लामो भूमिगत रेलमार्ग (Underground Rail Corridor) र ३३.४ किलोमिटरको भूमिगत जुम्ल्याहा सुरुङ (Twin Tunnel) निर्माणको योजना अघि बढाएको छ।
भूमिगत सैन्य ब`ङ्कर: भारतीय सेनाले सयौँ करोड रुपैयाँको लागतमा गो`लाबारु`द भण्डारण, कमान्ड सेन्टर र वायु रक्षा प्रणाली (Air Defence) लाई जमिनमुनि सुरक्षित राख्ने संरचनाहरू निर्माण गरिरहेको छ।
नयाँ राजमार्ग : विद्यमान राजमार्गको विकल्पका रूपमा बङ्गलादेश सीमा नजिकै करिब २० अर्ब भारतीय रुपैयाँको लागतमा ३१ किलोमिटर लामो चार लेनको नयाँ राजमार्ग निर्माण सुरु गरिएको छ।
३. चीन र बङ्गलादेशको बढ्दो सक्रियता र सुरक्षा चिन्ता
चिनियाँ विमानको गतिविधि: हालै सिक्किम र चिकेन नेकको हवाई क्षेत्र नजिकै चिनियाँ सैन्य विमानको कथित गतिविधि देखिएको भन्ने समाचार बाहिरिएपछि भारतीय मिडिया र राजनीतिमा सुरक्षा सतर्कताको बहस चर्किएको छ।
बङ्गलादेश–चीन सहकार्य: बङ्गलादेशले चिकेन नेकबाट करिब १३५ किलोमिटरको दूरीमा रहेको लालमोनिरहाट (Lalmonirhat) हवाई अड्डा र टिस्टा नदी परियोजनामा चीनसँग सहकार्य बढाएको तथा चीनबाट ल`डाकु विमान किन्ने तयारी गरेको विषयले नेपाल\भारतको सुरक्षा चिन्ता थपेको छ। साथै, सीमा क्षेत्रमा अवैध घुसपैठ रोक्न भारतले स्मार्ट बार (Smart Fencing) र ड्रोन निगरानी बढाएको छ। बङ्गलादेशलाई अमेरिकालेपनि प्रयोग गर्न चाहिरहेको र त्यहाँ सैन्य सरचना नै राख्न चाहेको कुरापनि आइरहेको छ । यो देख्दा चिकेन नेक अति नै सं`वेदनशील छ । जहाँ नेपालले मात्र ती विशाल देशलाई छुट्याएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार


