२०८३ मङ्सिर ९ गते मङ्गलवार | 2026 November 24th Tuesday

रुसले परमाणु हतियारयुक्त स्याटेलाइट प्रक्षेपण गर्ने तयारी गरेको सूचना बाहिरिएपनि संसार आत्तियो

काठमाडौं । पश्चिमी गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले अन्तरिक्षमा प`रमाणु ह`तियारयुक्त स्याटेलाइट प्रक्षेपण गर्ने तयारी गरिरहेको दाबी सार्वजनिक भएको छ। रिपोर्टअनुसार स्याटेलाइट आगामी केही सातामै प्रक्षेपण हुन सक्ने र यसबारे केही नेटो सदस्य राष्ट्रलाई जानकारी गराइएको छ। यो सूचना बाहिर आएपछि विश्वभरका सुरक्षा संयन्त्रहरु आ`त्तिएका छन् ।
उक्त स्याटेलाइटले अन्तरिक्षमा रहेका अन्य स्याटेलाइट तथा पृथ्वीमा रहेका प्राविधिक प्रणालीका लागि ग`म्भीर सु`रक्षा चुनौ`ती सिर्जना गर्न सक्ने आशंका गरिएको छ। यसअघि रुसले ‘कोसमोस–२५५३’ नामको स्याटेलाइट प्रक्षेपण गरेको थियो, जसलाई पश्चिमी पर्यवेक्षकहरूले सम्भावित अन्तरिक्षीय परमा`णु ह`तियारसम्बन्धी परीक्षणसँग जोडेर हेरेका थिए।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस