काठमाडौ । अमेरिकी पत्रिका फोब्र्सबाट नेपालका एक मात्र अर्बपति घोषित भएका विनोद चौधरी ठूलो आर्थिक अपराधमा संलग्न भएको क्रमशः पुष्टि हुँदै आएको छ ।चौधरीले सीजी इलेक्ट्रोनिक्सका नाममा गरेको आर्थिक अपराध उच्च अदालत पाटनबाट पुष्टि भएको हो ।

चौधरीले सिजी इलेक्ट्रोनिक्सका नाममा किर्ते बीमा दाबी गरी ९८ करोड रुपैयाँ भुक्तानी लिएको प्रमाणति भएपछि यो विषय अहिले चौधरीको आर्थिक अपराधमा दर्ता हुन पुगेको छ ।चौधरीले किर्ते बीमा दाबी गरेकोमा उनलाई भुक्तानी दिने उनकै स्वामित्वको युनाइटेड इन्सुरेन्स कम्पनी चौधरीलाई भुक्तानी गरेको ठीक हो भन्दै यही चैत १८ गते सर्वोच्च अदालत पुगेको छ ।

युनाइटेड इन्सुरेन्स यसरी आफ्नै घाटाको पक्षमा सर्वोच्चमा किन गयो भन्ने कुरा बुझ्न कठिन छैन । यो कम्पनी विनोद चौधरीकै २७ प्रतिशत स्वामित्वमा सञ्चालित कम्पनी हो ।उच्च अदालत पाटनका न्यायाधीशद्वय नीता गौतम दीक्षित र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले विनोद चौधरीलाई २४ करोड झुठ बीमा दावी गरेको ठहर गरी फैसला सुनाएको छ । सिजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सीजी इलनोक्ट्रोनिक्सलाई भर्पाइ गराएको २४ करोड रुपैयाँ असुल्न बीमा समितिलाई उच्च अदालतले निर्देशन दिएको थियो ।

त्यसपछि युनाइटेड इन्सुरेन्स सर्वोच्च पुगेको हो । यो विनोद चौधरीको आर्थिक अपराध प्रकरणले युनाइटेड इन्सुरेन्स थप विवादमा मुछिएको छ । विनोद चौधरीको स्वामित्वको युनाइटेड इन्सुरेन्सले विनोद चौधरीकै स्वामित्वको सिजी इलेक्ट्रोनिक्सले गलत दाबी भुक्तानी गरेको मान्न तयार भएको छैन ।विनोद आफै बोक्सी आफै झाँक्री बनेर आर्थिक अपराध गर्न पुगेका छन् ।काठमाडौंको सतुङ्गलमा रहेको सीजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएपछि यसले बीमा बजारमा नयाँ तरंग ल्याएको छ ।

२०६९ असोजमा काठमाडौं सतुङ्गलस्थित सिजी इलेक्ट्रोनिक्सको गोदाममा आगो लागेपछि सर्भेयर र अण्डराइटरले अग्नि बीमाअन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए ।सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर उच्च अदालत पाटनले गरेको छ । नेपालको इतिहासमै सबैभन्दा ठूलो दावी ५८ करोड ९७ लाख ७० हजार ६ सय ३२ रुपैयाँको चेक बिमित अर्बपति विनोद चौधरीकै स्वामित्वका सिजी इम्पेक्स प्रा.लि., इओएल प्रा.लि. र सिजी इलेक्ट्रोनिक्स कम्पनीका तर्फबाट प्रतिनिधि नरोत्तमकुमार मेहताले बुझेका थिए । 

दावी भुक्तानीको चेक यूनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले दिएका थिए ।विद्युत सर्ट भई भएको भनिएको आगलागीमा ठूलो नोक्सानी भएको दाबी विनोद चौधरीले गर्दै आएका थिए । एकै घरानाका दुई कम्पनीबीच बीमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डरराइटरलाई समेत ३–३ हजार जरिवाना भएको थियो ।

सम्बन्धित खबरहरु