काठमाडौ । नेपालको राजधानी काठमाडौँको भद्रकालीमा मन्दिरमा नवरात्रीको समय दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्दछ । भद्रकाली (जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मंगल स्वीकार गर्दछिन्, उनै भद्रकाली हुन्। दुर्गासप्तशती (देवीमहात्म्य–चण्डी पाठ) मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ । जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

भद्रकाली काठमाडौ स्थित नेपालको मुख्य प्रशासनीक केन्द्र सिंहदरबारदेखि ५०० मिटर पश्चिममा रहेको छ । जहाँ भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ। चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ। तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पूजारी बताउँछन्।

[caption id="attachment_232894" align="aligncenter" width="1800"] काठमाडौँ (रासस) : काठमाडौंको भद्रकालीमा मन्दिरमा दर्शन गर्न भक्तजनहरुको भीड । तस्वीर : चन्द्रकला क्षेत्री[/caption]

दुर्गा कवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो। यसलाई कतै कतै लुमडी थान पनि भनिन्छ्र । वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएको इतिहासमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सम्बन्धित खबरहरु