काठमाडौ । नेपालीले नगरेको सायदै कमै क्षेत्र र सफलता होला । अधिकांश विश्वको भूगोलमा छरिएर रहेका नेपालीको श्रीबृद्धी, उन्नती, प्रगती हेर्ने हो भने दुनियाँ अचम्बित हुँदै जिब्रो टोक्छ ।

नेपालका एक छोरा अन्दिप आचार्यले यस्तै सबै चकित हुने काम गरेका छन् । तपाईलाई लाग्थ्यो होला ।

संसारकै धनी व्यक्तिले मात्र सौखिन, अत्याधिक सुविधा सम्पन्न ठूलो सवारी चलाउँछ होला ।

तर नेपालकै छोरा अन्दिप संसारकै सर्बाधिक ठूलो बाइक चढ्ने ब्यक्तिमा पर्दछन् । अन्दिप आचार्य नेपाली नागरिक हुन् ।

तर उनी संसारकै सर्बाधिक ठूलो बाइक चढ्ने ब्यक्ति बनेका छन् । उनले हालै हार्ले डेभिडसनको भी ८ चोपर किनेका छन् ।

इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले किनेको हार्लेको यस्तो बाइक इंग्ल्यान्डमै ६ वटा मात्र छन् । ती ६ मध्ये एक बाइक अन्दिप हुईकिन्छन् । उनी नटिंघममा गोर्खा किचेन नामक रेष्टुराँ सञ्चालन गरिरहेका छन् ।

अन्दिपले यो बाइक ९० हजार पाउन्डमा किनेका हुन् । नेपाली बजारमा यसो अनुमान लगाउदा यसको मूल्य ३ करोड रुपैयाँ भन्दा माथि नै पर्ला । नेपालमा भए अझै ३ सय प्रतिशत कर कर तिर्नु पर्ने हुन्छ ।

अर्थात यसको मुल्य नेपालमा भए ९ करोड नेपाली रुपैया भन्दा माथी पर्न जान्छ । हामी अनुमान लगाउन सक्छौ, अन्दिप नै यति धेरै महंगो बाइक चढ्ने एक्लो नेपाली होलान् ।

हार्ले आफैमा एउटा प्रतिष्ठित र महंगो कम्पनी हो । यस्तो कम्पनीको महंगो बाइक चढ्नु आफैमा गजबको शोख हो ।

हार्ले डेभिडसनको सो बाइक ५७०० सीसीको छ । यसको तौल १००० केजी छ । अन्दिपले ठट्यौली पारामा भनेका छन्, ‘म ८० केजीको ब्यक्तिले एक हजार केजीको बाइकलाई सम्हाल्नु पर्ने भएको छ ।

जसरी पनि यसको लागि व्यवस्थापन गर्नु परेको छ ।’ अन्दिप बाइकका कति शौखिन हुन् भने यस अघि पनि उनले हार्ले डेभिडसनको बाइक आफैले डिजाइन गरी अमेरिकी कम्पनीलाई बनाउन लगाएका थिए ।

हार्लेको सो बाइकमा पछाडिको टायर संसारकै सर्बाधिक ठूलो अर्थात ३३० एमएम र १२७ क्युबिक पिस्टनको थियो ।

सो बाइकको मूल्य ३९ हजार पाउण्ड थियो । अन्दिपले अहिले यही बाइक बेचेर फेरि नयाँ भी ८ चोपर किनेका हुन् ।

रोचक कुरा के छ भने अन्दिप आफैले डिजाइन गरेको र ३९ हजार पाउण्ड मूल्य परेको सो बाइक हाल इंग्ल्यान्डमा यति चर्चित भयो कि ४५ हजार पाउण्डमा हारालुछका साथ यो बाइक बिक्री भयो । आफ्नो डिजाइनलाई यसरी धेरैले मन पराएकोमा आफू गौरवान्वित भएको अन्दिप बताउछन् ।

विगत १७ बर्ष यता अन्दिप हार्ले डेभिडसनको लाइफ मेम्बर छन् । उनकी श्रीमती मुक्ता आचार्य पनि हार्लेको लाइफ मेम्बर छिन् ।

अन्दिप यो अवस्थामा पुग्नुमा श्रीमतीको समेत महत्वपूर्ण भूमिका भएको बताउछन् । श्रीमती उनको एक असल साथी पनि हुन् । हार्ले राइडरहरु संलग्न रहेको क्लबमा ३५१ जना छन् ।

तर अन्दिप र उनकी श्रीमती मात्र एसियाली मुलका हुन् । उनीहरुको क्लबको नाम शेरउड च्याप्टर हो । यो समूहले संसारभरि टुर गर्छ । आफू हार्लेमा अमेरिका र क्यानडा मात्र जान बाँकी रहेको दाबी गर्छन् ।

अन्दिपसँग अहिले हार्लेका दुई वटा बाइक र एउटा रोयल इन्फिल्ड बुलेट ५०० पनि छ । बुलेट बाइक पनि उनले कस्टमाइजेसन गरी आफ्नै स्टाइलको बनाएका छन् ।

उनले आफूसँग भएको हार्लेको फ्याट ब्वाई १६०० सीसी भने कहिल्यै नबेच्ने बताउछन् । अन्दिप बाइकका शौखिन मात्र होइनन्, समाज सेवामा पनि उत्तिकै जागरुक छन् । नेपालमा २०७२ सालमा गएको भूकम्पको समयमा आफूसँग भएको डुकाटी र हार्ले डेभिडसनको अर्को बाइक राफलमा बेचेर नेपालका भूकम्पपीडितलाई सहयोग गरेका थिए ।

त्यो समयमा आफूले गरेको ४७ लाखको सो सहयोग सम्झिदा अहिले पनि आफूलाई गौरवको अनुभूति हुने गरेको उनले बताए ।

नेपालको पर्यटन प्रवद्र्धनमा पनि अन्दिपले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । विगत ४ वर्ष यता उनले बाइक टुरको लागि इंग्ल्यान्डका १०/१२ जना साथीहरुलाई नियमित रुपमा नेपाल पठाइरहेका छन् । उनी बरिष्ठ साहित्यकार चर्चित महिला अधिकारवादी तथा समाजसेवी पुष्पलता आचार्यका छोरा हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु