२०८२ मङ्सिर १० गते मङ्गलवार | 2025 November 25th Tuesday

अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यसरी गर्नुहोस् प्रोसेस

काठमाडौ । अब सवारी चालक अनुमतिपत्र लाइसेन्स घरमै उपलब्ध हुने भएको छ । यसका लागि तपाईले आजै प्रक्रिया शुरु गर्न सक्नुहुनेछ । बागमती प्रदेश सरकारले लामोदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई हुलाकमार्फत घरमै लाइसेन्स उपलब्ध गराउने भएको हो ।

 

त्यसका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गरेको छ । हुलाक विभागसँग सहकार्य गरी घर–घरमै लाइसेन्स उपलब्ध गराउन लागेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहले बताए ।

उनका अनुसार हाल चारवटै लाइसेन्स कार्यालयमा गरेर हाल पाँच लाखभन्दा बढी लाइसेन्स थन्किएर बसेका छन् । अहिलेको कोरोनाको समयमा कार्यालयमा भिडभाड गर्न सकिने अवस्था पनि छैन् । यस्तो हुँदा बनेर बसेका त्यस्ता लाइसेन्स घरमै पुर्‍याउने योजना बनाएका हौं ।

 

 

यसका लागि गत कात्तिक ६ गते बसेको चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीचको बैठक पनि बसेको थियो । उक्त बैठकबाट एक खालको सहभागी भएको छ भने यसका लागि सम्झौता नै भइसकेको छ ।

 

अहिले हुलाक विभागसँग सम्झौता गरी घरमै लाइसेन्स पुर्‍याउने कामको सुरुवात हुनै लागेको । त्यसका लागि हुलाकले काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र उपत्यकाबाहिर १०० रुपैयाँ शुल्क लिएर सेवा दिनेछ । तपाईले हुलाकबाट लाइसेन्स लिन चाहेमा फारम भर्ने बेलामा भन्नुपर्नेछ । त्यसका लागि तपाईले त्यही समय ५० रुपैया थप दस्तुर तिर्नुपर्ने हुन्छ ।

आजका प्रख्यात स्टोरीहरु

 

 

 

 

चीनसँग टक्कर लिन खोज्दा भारतलाई एकै बर्षमा ८० खर्ब घाटा

 

 

डिग्री पासपछिको जागिर छोडर गाउँ आएकी दिव्या कृषिबाट कमाउछिन् बार्षिक झण्डै ५० लाख

 

 

 

 

 

 

५ जना पुरुष र २ जना युवती मृत अवस्थामा फेला

 

 

 

 

हामी छुट्नै सक्दैनौ भन्दै दिदी–बहिनीले नै भागेर मन्दिरमा विवाह गरेपछि…

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार