काठमाडौं । एक सासुले ज्वाँईलाई दिएको उपहारले सबैलाई हैरान बनाएको छ । पाकिस्तानी विवाहको एक भिडियो सामाजिक सञ्जामला भाइरल भइरहेको छ । उक्त भिडियोमा दिइएको उपहार देखेर तपाईं पनि चकित हुनुहुनेछ ।

अक्सर विवाहको दिनमा दुलहालाई बहुमूल्य चीजहरू जस्तै सुन, चाँदी, मोटरसाइकल, कार, नगद लगायत दिइन्छ । तर एउटी सासुले दुलहालाई यस्तो उपहार दिइन् कि सिंगो विश्व समुदाय चकित परेको छ । पाकिस्तानमा विवाहको बेला एक महिलाले दुलहालाई एके–४७ उपहारमा दिएकी छिन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा यो देख्न सकिन्छ कि दुलाह दुलहीको साथ स्टेजमा बसिरहेको थिए । एक महिला स्टेजमा आउँछिन् दुलाहलाई उक्त उपहार दिएर जान्छिन् । वास्तवमा पाकिस्तानको कराचीमा बस्ने आदिल अहसान नामको ट्वीटर प्रयोगकर्ताले यस भिडियोलाई सामाजिक सञ्जाल ट्वीटरमा साझा गरेका छन् ।

अहिले अन्य व्यक्तिहरुले पनि यो भिडियो सेयर गरिरहेका छन् । आदिल अहसनले आफ्नो खाता बायोमा आफूलाई साम टिभीका लागि पत्रकार भनेर वर्णन गरेका छन् ।

यो भाइरल भिडियोमा, तपाईं देख्न सक्नुहुन्छ कि विवाह समारोहको अवधिमा एक महिला दुलहीको निधारमा म्वाई खान्छिन् र एके–४७ दिन्छिन् । भिडियो देखिए अनुसार उनीहरु हुने खाने परिवारका जस्ता देखिएका छन् । ति दुलाहको नाम रेहान रहेको छ ।

https://twitter.com/syedadeelahsan/status/1331649159569362944

सम्बन्धित खबरहरु