काठमाडौं । राजधानी काठमाडौ सहित देशका विभिन्न सहरमा राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दालाई लिएर प्रदर्शन भइरहेको छ । यो बीचमा आन्दोलनमा निस्केकाहरुले भारतीय नम्बरप्लेटका मोटरसाइकलहरु प्रयोग गरेको खुलेको छ ।

 

यस विषयलाई लिएर सामाजिक सञ्चालमा चर्चाहरु पनि सुरु भइसकेका छन् । कतिपय व्यक्तिहरुले यसलाई भारतको एक रणनीति भएको बताएका छन् । भारतमा अहिले सरकारमा रहेको दल भारतीय जनता पार्टी (भाजपा) हिन्दुवादीहरुको पार्टीका रुपमा चर्चामा रहेको छ ।

 

 

यो बीचमा भाजपा सरकार नेपाललाई हिन्दु राष्ट्र बनाएर अनी भारतलाई पनि हिन्दु राष्ट्र बनाउने खेलमा सक्रिय भएको कतिपय जानकारहरु बताउँछन् । अहिले प्रदर्शनमा महत्वपूर्ण भूमिकामा रहेका धेरै व्यक्तिहरुको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतसँग भेटघाट गरिरहेकाहरु पनि रहेका छन् ।

 

त्यसकारण पनि नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागि भारतले बल प्रयोग गरिरहेको हो कि भनेर हेर्ने गरिएको छ । नेपालमा भएको अहिलेको दुईतिहाइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले विवादित सीमालगायत विभिन्न विषयहरुमा आवाज उठाउन थालेपछि अहिलेको केपी ओली नेतृत्वको सरकारसँग भारत सन्तुष्ट छैन ।

 

अर्कोतिर अहिले सत्तामा रहेका पार्टीहरु चीनतर्फ ढल्केको अनुमान भारतले लगाउन थालेको छ । नेपालमा भारतप्रति बढ्दै गएको घृणाभावले पनि मोदीको चिन्ता बढ्न थालेको छ । यस विषयलाई लिएर अहिले भारतीय सञ्चारमाध्यमहरुमा पनि जोडतोडका साथ बहस गर्न थालिएको छ ।

 

भारत लामोसमयदेखि केपी शर्मा ओली सरकारलाई अपदस्त गर्न चाहिरहेको छ । योबीचमा भारतले नेकपाभित्र आन्तरिक विवाद पनि बढाएको छ । माओवादी र एमालेको एकतापछि बनेको केपी ओली नेतृत्वको दुई तिहाई सरकार ५ वर्ष चल्ने सहमति भएको थियो । तर अहिले आएर एकाएक सरकार परिवर्तनको चर्चा चलिरहेको छ ।

 

नेकपाका शिर्ष नेतृत्वहरु नै पुरानो सम्झौताबाट पछाडि हटेको देखिएको छ । सीमा विवादलगायत विषयहरुमा भारतप्रति ओली सरकारले राखेको कडा रुप मोदी सरकारलाई पक्कै पनि मन परेको छैन ।

 

यो बीचमा नेपाललाई अस्थिर बनाउन भारत पुरा शक्ति प्रयोग गरिरहेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को समयमा भइरहेको यस आन्दोलनले यस महामारीलाई थप बढवा दिने विज्ञहरु बताउँछन् ।

 

 

सम्बन्धित खबरहरु