२०८२ कार्तिक १५ गते शुक्रवार | 2025 October 31st Friday

श्रावण र भदौमा हुनेगरी रुटीन प्रकाशित परीक्षा स्थगित सम्बन्धि जरुरी सूचना [ सूचनासहित ]

काठमाडौ । मध्य पश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले अर्को सूचना नभएसम्मका लागि परीक्षा सम्बन्धि कार्यक्रम पुनःस्थगित गरेको छ ।

कम्तीमा पनि १५ दिनको अग्रिम सूचना प्रकाशित गरि परीक्षा कार्यक्रम पुनःप्रकाशित गरिने समेत प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ मध्य पश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले मिति २०७८ असारमा सूचना प्रकाशित गरी मिति २०७८ श्रावण–भाद्रमा सञ्चालन गर्ने गरी तय भएका परीक्षा कार्यक्रमहरु विश्वविद्यालयमा जारी विद्यार्थी आन्दोलनका कारण स्थगित हुदै आएको र आन्दोलनरत् विद्यार्थीहरुका मागका सम्वन्धमा छलफल गर्न गठित उच्च स्तरीय वार्ता समिति र विद्यार्थी संघ संगठनका प्रतिनिधिहरुबीच निरन्तर छलफल भैरहेपनि आन्दोलनरत् विद्यार्थी संघ संगठनले मध्यपश्चिम विश्वविद्यालय, परीक्षा ब्यवस्थापन कार्यालयमा मिति २०७८ श्रावण ०७ गते लगाएको ताला हालसम्म खुल्न नसकेको कारण उपरोक्त बमोजिम मितिमा संचालन हुने भनिएका परीक्षा कार्यक्रमहरु अर्को सूचना प्रकाशित नहुनेबेला सम्मकोलागि मध्यपश्चिम विश्वविद्यालय परीक्षा समितिको मिति २०७८ श्रावण २९ गतेको निर्णय अनुसार पुनः स्थगित गरिएको छ ।

उपरोक्त परीक्षहरुको तालिका विश्वविद्यालय र विद्यार्थीहरुको समझदारी अनुरुप कम्तिमा १५ दिन अग्रिम सूचना प्रकाशित गरी पुनः प्रकाशित गरिने ब्यहोरा सम्वन्धित सबैलाई सूचित गरिन्छ ।  Read this news in English language.

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार