२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि कानुन संकाय परीक्षा सञ्चालक समितिको मिति २०७८ साल साउन २९ गते बसेको बैठकको निर्णयअनुसार स्नातक तह अन्तर्गतको परीक्षाफल प्रकाशित भएको हो ।

बी.ए.एल.एल.बी सातौं सेमेष्टर–२०७७ को नजिता प्रकाशन गरिएको कुरा त्रिविले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरेको छ । विस्तृत जानकारीका लागि सम्बन्धित क्याम्पस हरुमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

परीक्षाफल प्रकाशित भएको मितिले ७ दिन भित्र ग्रेड सिट प्राप्त गर्न सकिनेछ । प्रकाशित नतिजा उपर चित्त नबुझेका परीक्षार्थीहरुले नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्ने हुन्छ ।

त्रिविले प्रति विषय रु. ५०० तिरेर कानुन संकाय डीनको कार्यालयको नाममा नेपाल बैंक लिमिटेडमा रहेको चल्ती खाता नम्बर २१७००१००१९२४३४०००००१ मा रकम जम्मा गरेको सक्कल भौचर समेत कार्यालयमा लिखित निवेदन दिन सक्नुहुनेछ ।

कानुन संकायको इमेल ठेगानामा उपरोक्त बमोजिम रकम जम्मा गरेको सक्कल भौचरमा नाम, सिम्बोल नम्बर र मोबाइल नम्बरसमेत स्पष्ट सँग लेखेर स्क्यानप्रति संलग्न गरी इमेलमार्फत निवेदन दिन सकिनेछ ।

परीक्षाफल सकेसम्म शुद्ध होस भन्ने उद्देश्य राखेको प्रकाशित गरिएको छ । तर भुलवश अशुद्ध देखिएमा कार्यालयको अभिलेख बाट सच्याइने कुरा पनि त्रिविले अवगत गराइएको छ । Read this news in English language.

 

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार