२०८२ कार्तिक १६ गते शनिवार | 2025 November 1st Saturday

छोरी रिया कपूरले अनिल कपूरको घर छोडिन् : बाहिर निस्किदा किन सिन्दूर लगाएर निस्किइन् ?

काठमाडौ । बलिउडका दिग्गज अभिनेता अनिल कपूर ( Anil Kapoor ) की छोरी ( daughter Rhea Kapoor )  रिया कपुरले आइतबार रातिदेखि बाबुको घर छोडेकी छिन् ।

आफ्नो लामो समयका प्रेमी करण बूलानीसँग गुपचुप विवाह बन्धनमा बाँधिएर उनी घरबाट बाहिरिएको तस्विर आएको छ ।

दुवैले एक अन्तरंग समारोह मा विवाह गरे जसमा उनीहरुका परिवारका सदस्यहरु मात्र उपस्थित थिए।

यद्यपि परिवारले अहिलेसम्म कुनै आधिकारिक बयान भने जारी गरेका छैनन् । अनिल कपूरले विवाहपछि आफन्तजनलाई मिठाई बाँडेको देखियो।

कोरोना भाइरसको महामारीका कारण सुटुक्क विवाह गरिएको पारिवारका एक सदस्यले पुष्टि गरे । नवविवाहित दम्पती अनिल कपूरको घरबाट गाँठो बाँधेर बाहिर निस्किएका थिए। तर विवाहको खबर कतै फैलिएको छैन ।

यति मात्र हैन । घर बाहिर कारमा निस्किदा तस्बिरमा रिया रातो पोशाकमा देखिएकी थिइन् । जबकि करणले सुनको शेरवानी लगाएका थिए। रियाको सिन्दूर लुक देखिएको थियो । सबै कुरा सुन्दर देखिन्थ्यो। यसले पुष्टि हुन्छ की उनीहरुको विवाह भएको छ ।

निजी विवाहमा सोनम कपूर आहुजा, आनन्द आहुजा, अर्जुन कपूर, अंशुला कपूर, शनाया कपूर, खुशी कपूर, बोनी कपूर, संजय कपूर, महेप कपूर, मसाबा गुप्ता र अन्य घनिष्ठ परिवार र साथीहरु सहभागी थिए। जान्हवी कपूर विवाहमा उपस्थित भइनन् किनकि उनी एक कार्यक्रमको लागि राजधानी दिल्लीमा थिइन्।

रिया पछिल्लो पटक करीना कपूर खान र सोनम कपूर अभिनित वीरे दी वेडिंग को निर्माण मा देखिएकी थिइन्।  Read this news in hindi language.

 

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार