२०७८ भाद्र १९ गते, शनिबार, ४ सेप्टेम्बर २०२१। चन्द्रराशि– कर्कट । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? – Today’s horoscope

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट । अध्ययनमा सफलता मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहाेला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : धन सञ्चितको योग । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनु होला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : वैदेशि यात्राको अवसर । शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : अनुसन्धानमूलक काममा चासाे बढ्ला । मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : विदेश यात्राको योग । आजको दिन तपाई माैन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारकाे अवसर मिल्न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । झुटो आरोप ।

सम्बन्धित खबरहरु