काठमाडौं । देशको राजधानी काठमाडौँमा एक महिला बलात्कृत भएकी छिन् । नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना महिलालाई सामूहिक बलात्कार गरेका हुन् ।

बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले यसको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया महिलालाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेर गएका थिए ।

त्यसपछि उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए ।

त्यसरात दुईजनाले सामूहिक बलात्कार गरेको खुल्न आएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर सो अपराध गरेका हुन् ।

प्रहरी अनुसन्धानमा आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर बलात्कार गरेको खुलेको छ । बलात्कारमा संलग्न आरोपीहरू मुगु घर भएका युवराज बडुवाल, हिक्मत नेपाली रहेका छन् ।

त्यस्तै रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र गोपाल कुमार श्रीस अर्घाखाँचीका हुन् ।

उक्त घटनाका आरोपी मुगुका हस्त नेपाली र चन्द्र साउद फरार छन् । पीडित महिला काम खोज्न सुर्खेतबाट काठमाडौँ आएकी थिइन् ।

उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएको बताइन्छ । दुई सन्तानको लालनपालनका लागी काठमाडौँ आएकी उनलाई बलात्कारको शिकार बनाइएको हो । चिच्याउँदै उनी प्रहरीकहाँ पुगेपछि घटना बाहिर आएको थियो ।

सम्बन्धित खबरहरु