२०८३ असार २७ गते शनिवार | 2026 July 11th Saturday

बुद्धनगरमापनि आत्मदाह प्रयास, उद्धार गरेर वीर अस्पतालसम्म लैजाँदा

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले फेरि आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन् । केही दिनअघि मात्र राहदानी विभाग अगाडी यस्तै घटना भएका गणेशको निधन भएको थियो ।

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले बिहान अन्दाजी सवा ६ बजे राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेको जानकारी दिए । उनका अनुसार राउतलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ । चिकित्सकका अनुसार राउतको शरीर ५० प्रतिशतभन्दा बढी जलेको प्रहरी प्रवक्ता भट्टराईले बताए ।

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको भट्टराईले बताए । श्रीमती र छोरासहित बस्नु हुँदो रहेछ । उहाँहरू घरमा भेटिनु भएन,’ उनले भने, ‘छिमेकीका अनुसार हिजो (शुक्रबार) घाइतेको छोरासँग डिस्कस भएको रहेछ ।’

 

प्रकाशित मिति : २०८३ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस