२०८२ कार्तिक १८ गते सोमवार | 2025 November 3rd Monday

माओवादीबाट कुनै परिवर्तन सम्भव छैन भन्दै महाधिवेशनमा आएका नेता एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी रहेको छ । सोही महाधिवेशनमा सहभागी हुन् आएका एक नेताले पार्टी छोडेका छन् । काठमाडौं आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

बिहिवार साँझ जिल्ला इन्चार्ज कुमार मोक्तानसहित माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन् । नेकपा एमालेमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्दै उहाँले माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने बताउनु भएको छ । जिल्ला इन्चार्ज मोक्तान अध्यक्ष ओली निवास बालकोटनै पुगेर एमाले प्रवेश गर्नुभएको हो ।

मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गर्नुभयो । पार्टी प्रवेश पछी प्रतिक्रिया दिदै मोक्तानले बारा जिल्लाका हजारौ नेता कार्यकर्ता अब एमालेमा प्रवेश गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार