काठमाडौ । काठमाडौ र केही स्थानमा झ्याप्प–झ्याप्प बिजुली जान थाल्यो ।

यही मौका छोपेर विद्युतीय सामान व्यापार गर्ने व्यापारीहरुले एक भ्रम फिजाइहाले । अब फेरी नेपाललाई लोड नपुगेको हो ।

अब फेरी इन्भर्टर, व्याट्रीबाट चल्ने सामान किन्नुपर्छ ।

त्यो भने हैन रहेछ नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताउनुभयो ।

शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकोले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट यो समस्या समाधान भएको स्पष्ट पार्नुभयो ।

लोड थपिएका स्थानमा तत्कालै ट्रान्सफर्मर परिवर्तन भएकाले अब यस्तो नहुँने उहाँको भनाई छ ।

उहाँले विद्युत सप्लाई नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति डिमाण्ड आए पनि सप्लाई गर्ने स्थितिमा रहेको बताउनुभयो ।

काठमाडौं उपत्यकामा अब ९ वटा सबस्टेसन थपिने काम भइरहेकाले उक्त सबस्टेसन बनिसकेपछि दीर्घकालीन रुपमा उपत्यकामा २ हजार मेगावाटको विद्युत सप्लाई गर्न सक्ने उहाँको भनाई छ ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मरहरु लोडअनुसार फेरिरहेको र केही फिडरहरुमा आगलागी भएको कारणले यी समस्या आइरहेको दोहोर्यानुभयो ।

 

सम्बन्धित खबरहरु