काठमाडौ । मानिसलाई पवित्र कार्य गर्दा ज्यादै नै आनन्द आउने रहेछ ।

जनबोली न्यूज नेटवर्क प्रा.लि. का सिनियर फोटो पत्रकार भुपेन्द्र निरौलाले कामको शिलशिलामा हिड्ने क्रममा बाटोमा काभ्रे पनौतीमा ४० हजारको बिटो भेटेर सोही रकममा धनीलाई पत्ता लगाएर फर्काउँदाको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो कामको शिलशिलामा हिड्ने क्रममा बाटोमा काभ्रे पनौतीमा ४० हजारको बिटो भेटे केहि समयको सोधखोज पछि प्रमाण साबित गराएर सम्बन्धित व्यक्तिको हात लगाउदा छुटै प्रकारको आनन्दको महसुस हुँदोरहेछ । उहाँको यो कार्यले समाजमा एक सन्देश गएको छ ।

छलकपट गर्नेहरुका लागि एक पाठ बनेको छ । मानिसलाई छलकपट भन्दापनि पवित्रतामा सन्तोष बढी हुने गर्दछ । उहाँले थप अनुभव सुनाउनुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न छुटाउनुभयो की ?

सम्बन्धित खबरहरु