वीरगञ्ज । मा'न'व बे'चवि'ख'नमा सं'लग्न भएको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।

झापाको विर्तामोड नगरपालिका–९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की १९ वर्षीया खुश्बु विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले झापाका १६ वर्षीया किशोरी र २० वर्षीया युव'तीलाई बि'क्री ग'र्न भारत पु¥याएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

किशोरीहरुलाई उनीहरुले घुम्न जाऔँ भनेर फकाएर त्यहाँसम्म पुर्याएको खुल्न आएको छ ।

तिमीहरुको केही खर्च लाग्दैन हिँड भनेर आएका थियौँ उद्धारपछि किशोरीले बताईन् ।

किशोरी र युवतीलाई भारत बिहारको छौंडादानो भन्ने स्थानमा पु¥याई बे'चबि'खन भ'इरहेको भन्ने सूचना पाएपछि प्रहरीले मंगलबार भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी उनीहरुको उद्धार गरेको थियो ।

छौंडादानोमा पुगिसकेपछि मोबाइल फोन खोसेर एउटा कोठामा राखेर भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको समयमा उनीहरुको उद्धार गरिएको थियो ।

किशोरी र युवतीलार्ई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न लक्ष्मी र खुश्बुलाई वीरगञ्ज–१६ ईनर्वा नेपाल–भारत सीमानाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जना विरुद्ध मा'न'व बे'चबि'ख'न क'सूरमा पर्सा जिल्ला अदालतबाट बुधबार सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

मा'न'व बे'चबि'खन तथा ओ'सारप'सार का'र्यमा सं'लग्न अन्य तीन जना व्यक्ति फ'रार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु