काठमाडौ । पवित्र हिन्दु मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ ।

कयौँ घाइते भएका छन् । भारतको जम्मू कश्मीरको माता वैष्णो देवी मन्दिरमा भाडदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ ।

भने १३ जना घाइते भएका छन् ।

नयाँ वर्षको दिन श्रद्धालुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटना त्रिकुटा पहाडमा रहेको मन्दिरको गृर्भगृहको बाहिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एउटा विवादका कारण मानिसहरुले एकले अर्कालाई धक्का दिन थालेपछि भाडदौड भएको थियो । ज्यान गुमाउनेमा दिल्ली, हरियाणा, पञ्जाब र जम्मू–कश्मीरका मानिस रहेका छन् ।

आजका चर्चित पोष्टहरु पढ्न छुटाउनुभयो की ?

सम्बन्धित खबरहरु