काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेल ‘सुनील’ विवादमा तानिनुभएको छ ।

माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी रहेको छ ।

पार्टीमा नेतृत्वलाई सुधार्ने विषयमा बहस हुँदैछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आत्मआलोचना गरिरहेको बताउनु हुन्छ । कुनै समय देशको सबैभन्दा ठूलो दलका रूपमा रहेको माओवादी अहिले पतनको बाटोमा छ ।

महाधिवेशनमा सामान्य जीवनशैली अपनाउनेदेखि छोराछोरी सामुदायिक विद्यालय, कलेजमा पढाउनुपर्ने कुरा चर्चामा रहेको छ ।

यो बीचमा शिक्षामन्त्री देवेन्द्र पौडेल ‘सुनील’ की छोरी गरिमा पौडेल उच्च शिक्षा अध्ययनका लागि अमेरिकातिर लाग्नुभयो । अमेरिकामै अध्ययनरत गरिमा नेपाल आउनु भएको थियो ।

गरिमाले अमेरिकाको एरिजोना राज्यको युनिभर्सिटी अफ फोनिक्समा अध्ययनरत हुनुहुन्छ । विशेष गरेर माओवादी नेताहरूले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने भन्ने गर्छन् ।

तर अधिकांश माओवादी नेताका छोराछोरी महँगा निजी विद्यालय र विदेशमा अध्ययन गर्छन् । माओवादीले द्वन्द्वकालमा बुर्जुवा शिक्षा लिन नहुने भन्दै जनताका छोराछोरीलाई बन्दूक भिराएर युद्धमा लगाएको आरोप लाग्ने गरेको छ ।

आजको पपुलर पोष्टहरु

सम्बन्धित खबरहरु