२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

अध्यक्ष लिङ्देनद्धारा केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेता मनोनित, को–को छन् ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेतालाई मनोनित गर्नुभएको छ। मंगलबार अध्यक्ष लिङ्देनले पार्टीको विधान अनुसार केन्द्रीय कार्य समिति सदस्यमा मनोनित गर्नुभएको हो ।

मनोनित केन्द्रीय सदस्यमा दीपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम धर्ती मगर, ढंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भिमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बा, मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, प्रा.डा. गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहनकुमार श्रेष्ठ हुनुहुन्छ ।

त्यसैगरी अध्यक्ष लिङ्देनले झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्न न्यौपाने, सरोजा शर्मा, रामप्रताप साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र बम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट र नवीन शाह मनोनित हुनुभएको छ ।

प्रकाशित मिति : २०७८ पुष २० गते मङ्गलवार