२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

हप्तामा २ दिन विदाको निर्णयमा संशोधन

काठमाडौ । नेपालमा हप्तामा २ दिन विदाको निर्णयमा भएको थियो । जेठ १ देखि हप्तामा दुई दिन सरकारी कार्यालय बन्द भए पनि अस्पतालका बहिरंग सेवा (ओपीडी) भने आइतबार खुल्नुपर्नेगरी निर्णय संशोधन भएको छ ।

उच्च स्रोतका अनुसार स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा अति आवश्यक हुने भएकाले मन्त्रालय आइतबार ओपीडी सेवा बन्द नगर्ने निषकर्षमा पुगेको हो ।

‘दुई दिन बिदा नदिने पक्षमा स्वास्थ्यमन्त्री र सचिवको राय आएपछि सरकारले गरेको निर्णयमा अस्पताल बाहेक भनिएको छ ।

ठूला अस्पतालका प्रमुखलाई बोलाएर पुनः एक पटक छलफल गरेपछि सम्पूर्ण स्वास्थ्य संस्थालाई पत्राचार गरिने छ’, मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।

ती अधिकारीका अनुसार अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारीलाई सट्टा विदा दिने गरी हप्तामा ६ दिन ओपीडी सेवा सञ्चालन गर्नेबारेमा छलफल भइरहेको छ ।

लगातार दुई दिन सार्वजनिक बिदा हुँदा बिरामी मारमा पर्ने भएकाले स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

उता, नेपाल चिकित्सक संघ (एनएमए) ले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा पनि उक्त बिदा लागू गर्न माग गरेको छ ।

चिकित्सकले परिवारलाई समय दिन नसकेको, सधैं काममा व्यस्त रहँदा मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले दुई दिन बिदाको निर्णय राम्रो भएको चिकित्सक संघको जिकिर छ ।

 

प्रकाशित मिति : २०७९ बैशाख १८ गते आइतवार