पोखरा । देशभरको मौसम बदली रही केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
अहिले बिहान देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम विश्लेषण (Meteorological Analysis) हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
२०७९ असार १३ गते (सोमबार)
दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०७९ असार १४ गते (मंगलबार)
दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदुर पश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
२०७९ असार १५ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

