२०८३ बैशाख ११ गते शुक्रवार | 2026 April 24th Friday

फेरी ह्वात्तै घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सुन आज एकैदिन तोलामा दुई हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

यता, चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस