काठमाडौं । एकसाथ घुम्न गएको बेला अचानक श्रीमती हराएपछि जुन श्रीमानलेपनि खोजी गर्न सबै शक्ति प्रयोग गर्छ ।

अन्तिम सास रहुन्जेलसम्म एकसाथ बस्ने कसम खाएकी श्रीमती हराउँदा जो कोही चिन्तामा पर्छन् । नेपालको छिमेकी जिल्ला आन्ध्र प्रदेशको विशाखापट्टनमबाट एउटा अनौठो घटना बाहिर आएको छ ।

एक जोडी सोमबार विशाखापट्टनमको आरके समुन्द्रमा आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाउन गएका थिए। यसै क्रममा श्रीमती बेपत्ता भइन् ।

श्रीमानले उनी समुन्द्रमा डुबेको महसुस गरे । पतिले पत्निको खोजी समुन्द्रमा गरिरहे । पछि थाहा भयो कि उनी आन्ध्रको नेल्लोरमा आफ्नो प्रेमीलाई भेट्न गएकी रहछिन् ।

भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार समुन्द्रबाट पत्नी बेपत्ता भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती महिलाको शव दुई दिनसम्म समुद्र तट र आसपासका क्षेत्रमा खोजी गरेको थियो ।

यसका लागि नौसेनाको हेलिकप्टरको सहयोग पनि लिइएको थियो । यससँगै समुद्री प्रहरी, गोताखोर, माछा मार्नेहरूले खोजी गरेका थिए । खोजी कार्यमा प्रशासनले करिब १ करोड रुपैयाँ खर्च गरेको छ ।

२१ वर्षीया साइप्रिया विशाखापट्टनम निवासी हुन् । उनले २ वर्षअघि श्रीकाकुलम निवासी श्रीनिवास रावसँग विवाह गरेकी थिइन्। सोमबार श्रीमान–श्रीमती आफ्नो दोस्रो विवाह वार्षिकोत्सव मनाउन सिंहचलम मन्दिर गए र त्यसपछि समुद्र तटमा घुम्न गए।

सोमबार राति, दम्पती समुद्र तटमा पैदल यात्रा गर्दै थिए। यही क्रममा श्रीमानको फोन आयो र श्रीमतीलाई छोडेर अर्को छेउमा गए, किनकी श्रीमतीले फोनमा सेल्फी खिचिरहेको थिइन् । केही मिनेटमा फर्किएपछि श्रीमती भेटिइनन् । श्रीमती समुद्रमा बगेको महसुस गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपछि खोजी अभियान सुरु भयो ।

ती महिला आफ्नो प्रेमीसँग आरके बीचबाट भागेर रेलमा चढेर नेल्लोरको कावली पुगिन्। भाग्नु अघि उनले आफ्नो सामाजिक सञ्जाल खाताहरू मेटाएकी थिइन् र आफ्नो फोन पनि लगिनन् । नेल्लोर पुगेपछि, उनले नयाँ सिम किनिन् र आफु प्रेमी रविसँग सुरक्षित छु भनेर आफ्ना आमाबाबुलाई सन्देश पठाइन् ।

उनले आफ्ना आमाबुवालाई आफुले रविसँग विवाह गरिसकेको र खोज्ने प्रयास नगर्नु व्हाट्सएपमा भ्वाइस सन्देश पठाएकी थिइन् । उनले आफ्ना बाबुआमालाई आफु बसेकोे स्थान ट्रेस गर्न खोजे भने आफूले आत्महत्या गर्ने समेत चेतावनी दिएकी थिइन् ।

सम्बन्धित खबरहरु