काठमाडौं, जेठ १७ । अत्याधिक मतका साथ नेपालको राजधानी रहेका काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्य लगायत जनप्रतिनिधिहरुको आज शपथ ग्रहण र पदबहाली हुँदैछ । नवनिर्वाचित पदाधिकारीले बुधबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सपथ ग्रहण गर्नेछन् ।

कार्यक्रम अनुसार पहिले प्रमुख विद्यासुन्दर शाक्यलाई शपथ ग्रहण गराइनेछ । त्यसपछि उपप्रमुख लगायत वडाध्यक्ष र सदस्यहरुको शपथ ग्रहण हुनेछ । शपथ ग्रहणपछि पदबहाली बागदरवारको जेडिए कम्प्लेक्सको छैठौं तलमा हुने र त्यसै स्थानमा पत्रकार सम्मेलनको समेत आयोजना हुने महानगर कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु