२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

श्री एयरलाइन्सको जहाजको प्रेसर फेलियर भएर ढोका आकाशमै खुलेपछि…

काठमाडौं । काठमाडौंबाट धनगढी उठेको श्री एयरलाइन्स ( Shree Airlines ) को जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। उडिरहेको विमानको ढोका आकाशमै अचानक खुलेपछि ३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको हो।

प्राविधिक समस्याका कारण एक्कासि आकाशमै ढोका खुलेको जानकारी प्राप्त भएको धनगढी विमानस्थलले पुष्टि गरेको छ। विमानस्थलका अधिकारीका अनुसार जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो। भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस