२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

नक्कली भुटानी शरणार्थी प्रकरण: सकियो खाण र मियाका वकिलको बहस

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण र हज समितिका अध्यक्ष शमशेर मिया पक्षका वकिलहरूको बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाण र मियाका वकिलहरूले बहस गर्न सकाएका हुन्।

खाणका वकिलहरूले मंगलबारदेखि बहस गरेका थिए। उक्त बहस बुधबार दिउँसोसम्म सकाएका हुन्। बार अध्यक्ष गोपालप्रसाद घिमिरे, पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती लगायतले उनको पक्षमा बहस गरेका थिए। उनीपछि मियाका वकिलहरूले बहस गरेका थिए।

यस्तै आजै पूर्व सभासद आङटावा शेर्पा पक्षका वकिलहरूको पनि बहस सुरू भएको छ। उनीसहित अन्य तीन प्रतिवादीका वकिलहरूले पनि बहस गर्नेछन्। शरणार्थी नेता टेकनाथ रिजाल, लक्ष्मी महर्जन र हरिभक्त महर्जनका वकिलहरूले भोलि बहस गर्ने तयारी गरेका छन्।

यस प्रकरणमा सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये १८ जना पक्राउ परेका छन्। अन्य भने फरार छन्। सरकारी वकिलले उनीहरूविरूद्ध राज्यविरूद्धको कसुर, ठगी, संगठित अपराध, कीर्ते कसुरमा मुद्दा लगेको थियो। बहस सकिएपछि र्पुपक्षका लागि थुनामा पठाउने वा तारेखमा छोड्ने निर्णय न्यायाधीशले लिनेछन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस