२०८३ बैशाख २ गते बुधवार | 2026 April 15th Wednesday

गोपाल खड्का भ्रष्टाचारी ठहर, १८ करोड रुपैंया विगो भराउने आदेश

काठमाडौं। विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश गरेको हो । उनी डिभिजन सडक कार्यालयको प्रमुख हुदा अनियमिततामा मुछिएका थिए । उनी कार्यकारी निर्देशक भएकै बेला नेपाल आयोग निगमको जग्गा अनियमितता प्रकरण भएको थियो ।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस