२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

पूर्व प्रधानमन्त्री भट्टराईका छोरी ज्वाइँ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोटमा

Meeting between Manushi Yami Bhattarai and KP Sharma Oli

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई र मानुषीका श्रीमानले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुंभएको छ । डाक्टर भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा) मा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुख समेत रहनुभएकी मानुषी र उहाँका श्रीमान जेकेन्द्र श्रेष्ठ एमाले अध्यक्ष ओलीसँग भेटघाट गर्न बिहान ओली निवास बालकोट पुग्नुभएको थियो ।

शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै मानुषीले नै अध्यक्ष ओलीसँग समसामयिक विषयहरूमा कुराकानी भएको जनाउनुभएको छ । ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् !’ फेसबुकमा लेख्दै उहाँले ओलीलाई मेन्सन गर्दै दुई वटा तस्वीर सेयर गर्नुभएको छ । भेटघाट भएको तस्वीर नेकपा (एमाले) केन्द्रीय प्रचार विभागको आधिकारीक पेजमापनि देख्न सकिन्छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस