२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्दै

Siddharth Premier Insurance Founder Share

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरमा आम सर्वसाधारणले पनि आवेदन दिन पाउने छन् । कम्पनीले यसअघि संस्थापक सेयरधनीको लागि ३५ दिने सूचना जारी गरेको सेयर बिक्रीमा ल्याएको थियो । उक्त सेयर बिक्री नभएको भन्दै कम्पनीले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गर्न लागेको हो । सेयरको प्रति कित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले कार्तिक २ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, काठमाण्डौंमा आवेदन दिनु पर्ने छ । सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सकिनेछ ।

तर सेयर खरीद गर्न आवेदन गरेको कुल सेयर कित्ता जोड्दा सम्बन्धित नियमनकारी निकायले एउटा व्यक्ति वा संस्थाले खरीद गर्न वा राख्न पाउने भनी तोकेको अधिकतम संख्या सीमा भन्दा बढी नहुने गरी आवेदन पेश गर्नु पर्नेछ । दशमलवमा आउने गरी सेयर आवेदन गर्न नपाइने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस