काठमाडौं । भारतको पूर्वी तटीय क्षेत्रमा आएको चक्रवात अर्णब (सामुन्द्रीक आँधी) का कारण आन्ध्र प्रदेशमा तीन जनाको मृत्यु भएको छ भने ३१ घरमा ठूलो क्षति पुगेको PressAdda ले लेखेको छ । आँधी नेपाल भित्रिन थालेको छ । नेपालकोपनि मौसम डरलाग्दो बनेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात जमिनमा प्रवेश गर्दा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको छ । आँधीका कारण सयौँ रूख तथा विद्युत्का पोल ढलेका छन् भने हवाई सेवा पनि प्रभावित भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशामा ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ओडिशा र झारखण्डका विभिन्न जिल्लामा भारी वर्षा तथा तीव्र हावा चलिरहेको छ । चक्रवातले प्रभावित क्षेत्रमा बाढी, पहिरो र तीव्र हावाको जोखिम कायमै रहेकाले उद्धार टोली खटिएका छन् ।
प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार


