२०८३ कार्तिक १२ गते बुधवार | 2026 October 28th Wednesday

POCO X8s सार्वजनिक: ६ हजार ३३० एमएएचको ब्याट्री र १०० वाट फास्ट चार्जिङ, नेपालमा मूल्य ?

काठमाडौं । साओमीको सब-ब्रान्ड पोकोले नयाँ स्मार्टफोन POCO X8s विश्व बजारमा सार्वजनिक गरेको PressAdda मा खबर छ । आकर्षक डिजाइन, शक्तिशाली प्रोसेसर र ठूलो ब्याट्रीसहित आएको यस फोनमा ६.३५ इन्चको १२० हर्ज एमोलेड डिस्प्ले रहेको छ। फोनमा स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर, ६ हजार ३३० एमएएच ब्याट्री र १०० वाट फास्ट चार्जिङ सुविधा उपलब्ध छ।

फोटोग्राफीका लागि ५० मेगापिक्सेलका मुख्य र टेलिफोटो क्यामेरासहित ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा दिइएको छ। सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। कम्पनीका अनुसार फोनमा ८ जीबी र्‍यामसहित २५६ जीबी तथा १२ जीबी र्‍यामसहित ५१२ जीबी स्टोरेज विकल्प उपलब्ध छन्। यसमा एन्ड्रोइड १६ मा आधारित हाइपरओएस ३ र पानी तथा धुलोबाट जोगाउने IP68 सुरक्षा पनि रहेको छ ।फोनको प्रारम्भिक अन्तर्राष्ट्रिय मूल्य ८/२५६ जीबी मोडेलका लागि ३९९ अमेरिकी डलर र १२/५१२ जीबी मोडेलका लागि ४९९ अमेरिकी डलर तोकिएको छ। नेपालमा उपलब्धता र आधिकारिक मूल्य भने सार्वजनिक स्रोतमा स्पष्ट भइसकेको छैन। ८० हजारजति नेपाली रुपैयाँको मूल्यमा आउने आपूर्तीकर्ता कम्पनीको अनुमान छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस