२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प

बाजुरा, २ कात्तिक । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। गएराति १० बजेर ३ मिनेटमा बझाङको सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो।

लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन्।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस