२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

दशैंको मुख्य दिन रेमन्तको अल्पआयुमा मोटरसाइक दुर्घटनामा मृत्यु

Road Accident

सप्तरी । हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।

सो दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। राजविराजबाट पश्चिम जाँदै गरेको स१०प ४७२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस