काठमाडौं । ज्योतिषीय गणनाअनुसार सन् २०२६ नोभेम्बर ८ मा मनाइने दीपावली केही राशिका व्यक्तिका लागि विशेष शुभ रहने अनुमान गरिएको छ। यसपटक ग्रहहरूको विशेष संयोगका कारण तीन राशिका व्यक्तिले आर्थिक लाभ, करियरमा प्रगति र मानसम्मान प्राप्त गर्न सक्ने ज्योतिषीय विश्वास छ। यसपटक सूर्य र बुध तुला राशिमा रहँदा बुधादित्य योग निर्माण हुँदैछ। यसले विशेषगरी मिथुन, तुला र धनु राशिका व्यक्तिलाई सकारात्मक प्रभाव पार्ने बताइएको छ।
मिथुन राशि : नयाँ अवसर प्राप्त हुनुका साथै जागिर र विदेशसम्बन्धी काममा सफलता मिल्न सक्छ।
तुला राशि : जागिरमा नयाँ जिम्मेवारी र व्यवसायमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ।
धनु राशि : आर्थिक समस्यामा राहत मिल्नुका साथै रोकिएका काम अघि बढ्ने र करियरमा प्रगति हुने संकेत छ।
ज्योतिषीय मान्यताअनुसार यी राशिका लागि दीपावली सुख, समृद्धि र नयाँ अवसरको सुरुवात बन्न सक्नेछ।
प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार


