काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले जग्गासम्बन्धी सेवा नागरिककै घरदैलोमा पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिएका हुन्।
हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन भइरहेको उल्लेख गर्दै उनले बाँकी स्थानीय तहमा पनि एक महिनाभित्र सेवा अनिवार्य रूपमा सुरु गरिने बताए। यस व्यवस्थापछि जग्गा प्रशासन तथा नापीसम्बन्धी कामका लागि टाढाका कार्यालय धाउनुपर्ने बाध्यता हट्ने र नागरिकलाई सहज हुने सरकारको अपेक्षा छ।
प्रकाशित मिति : २०८३ कार्तिक १७ गते सोमवार


