काठमाडौं । ज्योतिषीय मान्यताअनुसार शनिदेवको चालमा हुने परिवर्तनले आगामी करिब २०७ दिन चार राशिका लागि विशेष फलदायी बन्न सक्ने देखिएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मिथुन, तुला, मकर र कन्या राशिका व्यक्तिहरूले यस अवधिमा विशेष लाभ प्राप्त गर्न सक्छन्।
मिथुन राशिका व्यक्तिको आर्थिक अवस्था मजबुत हुनुका साथै मानसम्मान बढ्ने सम्भावना छ।
तुला राशिका लागि पारिवारिक सुख र सम्बन्धमा सुधारका संकेत छन्।
त्यस्तै, मकर राशिका व्यक्तिले व्यापार तथा रोजगारीमा नयाँ अवसर पाउन सक्नेछन् भने कन्या राशिका व्यक्तिले लामो समयदेखि रोकिएका काम पूरा गर्ने र मेहनतको राम्रो प्रतिफल पाउने ज्योतिषीय अनुमान छ।
ज्योतिषीय गणनाअनुसार शनिदेव सन् २०२७ जुन २ सम्म मीन राशिमा रहनेछन्। शनिको प्रभाव भने व्यक्तिको जन्मकुण्डलीअनुसार फरक पर्न सक्ने बताइएको छ।
प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार


