काठमाडौं । सरकारसँग चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ।
गत बिहीबारदेखि इलामको नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका केसीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको उनका सहयोगी पवन थापाले जानकारी दिएका छन्। सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै केसी अनशनमा बसेका हुन्।
प्रकाशित मिति : २०८३ कार्तिक १७ गते सोमवार


