२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

हनुमानढोकामा भित्र्याइयो फूलपाती

Phulpati the special day of Dashain

४ कार्तिक, काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ।

त्यस्तै काठमाडौंको हनुमानढोकाको दसैंघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दसैंघरमा भित्र्याइएको हो।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैंको सातौं दिन गोरखा दरबारको दसैंघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।

गोरखा दरबारको दसैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस