२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का आएकाे छ । ७:३९ मा दुई कम्पन आएकाे हाे ।

धादिङको खरी केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।

उनले भने,’धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भुकम्प गएको छ। यो नयाँ भूकम्प होइन गोरखा भूकम्पको परकम्प हो।’ भूकम्पपछि मानिसहरूकाे हाेहल्ला सुनिन्थ्याे ।

आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ। क्षतिकाे विवरण भने आएकाे छैन ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस