२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

भूकम्प मापन केन्द्र भन्छ: आज ६.१ रेक्टरको शक्तिशाली भूकम्प भएपनि नयाँ हैन, २०७२ कै पराकम्पन

Although today's earthquake is 6.1 powerful it is not new the aftershock of 2072

काठमाडौं । दशैंको रमझममा देश झुमिरहेका बेला आज बिहानै काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का आएको छ । ७ः३९ देखि ७ः४० को अवधिमा दुई कम्पन आएका थिए ।

धादिङको खरी केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए।

उनले भने,धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। यो नयाँ भूकम्प होइन २०७२ सालको गोरखा भूकम्पको परकम्प हो। भूकम्पपछि मानिसहरूको होहल्ला सुनिन्थ्यो ।

आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको छ। क्षतिको विवरण भने आएको छैन ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस