२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

दशैंको तीन दिन सूचना निकालेर मदिरा निषेध !

Three days of Dashain the ban on alcohol

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाले दशैंको तीन दिन मदिरा खरिद बिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको छ ।

गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले आज कार्तिक ६, ७ र ८ गते बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म मदिराजन्य बस्तुको खरिदबिक्री र ओसारपोसारमा प्रतिबन्ध लगाएको सूचना जारी गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘दशैं पर्वलाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न मदिराजन्य वस्तु बेचविखन तथा ओसार पोसार नगर्नु नगराउनु हुन सुचित गरिन्छ ।’ सूचनाको उल्लंघन गर्ने पसल तथा व्यक्तिहरुलाई नियमानुसार कार्यवाही हुने चेतावनी समेत दिइएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस