२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कामना गर्छु विश्व शान्तिमा योगदान दिने नेपालका विपिन सुरक्षित फर्किउन् :राष्ट्रसंघका महासचिव

We can help transitional justice only if international standards and victims are friendly Guterres

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक बिपिन जोशी सकुशल फिर्ताको कामना गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।’

आफू कतारबाट सिधै नेपाल आएको भन्दै उनले भने, ‘गाजामा रहेका सबै बन्धकको तत्काल रिहाईका लागि जोड दिन्छु । गाजाको अवस्था अधिक निराशाजनक रहेको भन्दै उनले सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । महासचिव गुटेरेसले विश्वभर शान्ति मिसनमा नेपालले गरेको योगदानको प्रशंसा गरे ।’

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस