२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

आचार्य बन्धु समाज नुवाकोट अधिवेशन आगामी शनिबार, १२ वटै स्थानीय तहलाई उपस्थितीका लागि आह्वान

Acharya Bandhu Samaj Nuwakot convention next Saturday

१२ कात्तिक, बिदुर । आचार्य बन्धु समाज नेपाल नुवाकोट जिल्ल अधिवेशन कात्तिक १८ गते शनिबार बिदुर नगरपालिकामा हुने भएको छ । आचार्य बन्धु समाज नेपाल नुवाकोटका संयोजक राज कुमार आचार्यले नुवाकोटका १२ वटै स्थानीय तहका कौडिन्य गोत्रीय आचार्य बन्धुहरुलाई समाजको अधिवेशनमा निम्ता गरिएको जानकारी दिए । उनले नुवाकोटका १२ वटै स्थानीय तहका बन्धुहरुलाई उपस्थितीका लागि आह्वान गर्दै अधिवेशनका लागि निम्ता गरे ।’

बागमती प्रदेश अन्तर्गत रहेका १३ जिल्ला मध्ये ऐतिहासिक जिल्लाको रुपमा चिनिने नुवाकोटमा आचार्यहरुको उपस्थिती ब्यापक हुने अनुमान संयोजक आचार्यको छ । बागमतीका अधिकांश जिल्लाको अधिवेशन सम्पन्न भईसकेको र बाँकीमा छिट्टै सम्पन्न हुने केन्द्रीय महासचिव शुभनराज आचार्यले जानकारी दिए ।’

दशैंअगाडि सिन्धुली जिल्ला अधिवेशन सम्पन्न गरेको समाजले बागमतीलगायत देशभरका ७७ वटै जिल्ला, ७ प्रदेश र आवश्यक परेमा स्थानीय तहमासमेत आचार्य बन्धु समाज नेपाल गठन गरेर अगाडि बढ्ने र अधिवेशन नभएकामा अधिवेशन गर्ने कार्यक्रम रहेको केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताए । नुवाकोट जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वार्चित भएको प्रमाणपत्र हस्तान्तरणको कार्यक्रमसमेत रहेको नुवाकोट जिल्ला कार्यसमितिले जनाएको छ ।’

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस