२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

मतदाता नामावलीमा नाम लेखाउन नेपाली नागरिकता नत्यागेको स्वघोषणा अनिवार्य

election commission nepal

काठमाडौंं । विदेशमा रहेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गराउन नेपाली नागरिकता त्याग नगरेको र रद्द नभएको स्वघोषणा गर्नुपर्ने भएको छ।

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधिमा यस्तो व्यवस्था गर्न लागेको हो। मस्यौदा कार्यविधिमा नेपाल बाहेक कुनै देशको स्थायी बसोबास अनुमतिपत्र वा नागरिकता लिएको हुन नहुने प्रस्ताव गरिएको छ।

नामावली दर्ता गर्न अवधि कायम भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा र श्रम स्वीकृति भएको हुनुपर्नेछ। त्यस्तै, आफू नेपाली मूलको विदेशी नागरिक नभएको स्वघोषणा समेत गर्नुपर्नेछ। कुनै पनि स्थानीय तहको वडाको मतदाता नामावलीमा नाम नरहेको हुनुपर्ने आयोगले जनाएको छ। आयोगले तयार पारेको कार्यविधिमा कात्तिक महीनाभित्र सुझाव दिन सकिने भएको छ।

मस्यौदा कार्यविधिको पूर्णपाठ:

 

 

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस