२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

दुई स्कुटर ठोक्किँदा पछाडि बसेकी १९ वर्षीया किशोरी भुईमा पछारिइन्, अस्पताल पुग्नासाथ मृत घोषित

पर्वत । सदरमुकाम कुश्मा बजारमा सोमबार भएको स्कुटर दुर्घटनामा किशोरीको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार अपराह्न करिब ४ बजे कुश्मा नगरपालिका–५ कुमाल टोलस्थित भित्री पक्की सडक खण्डमा दुई स्कुटर ठोक्किएका थिए।

कुश्माकै बड्गाँउबाट बन्जी साइडतर्फ जाँदै गरेको कुश्मा नगरपालिका–१ पाङका अनिश नेपालीले चलाएको ग २१ प ४२९० नम्बरको स्कुटर र कुश्मा नगरपालिका–५ बडागाउँका गोपाल गौडलेले चलाएको ध १ प ८३२४ नम्बरको स्कुटर ठक्कर खाएका थिए।

यसै क्रममा ग २१ प ४२९० नम्बरको स्कुटरको पछाडि सवार कुश्मा नगरपालिका–४ पुरानो बजारकी १९ वर्षीया आशिका बोहरा सडक छेउको नालीमा बजारिएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेर बेहोस अवस्थामा उनलाई उपचारका लागि तत्कालै पर्वत अस्पतालमा लगिएको थियो। उनलाई केही समयमै चिकित्सकले मृत घोषणा गरे। बोहराको शव पोस्टमार्टमको लागि अस्पतालमा नै राखिएको छ। प्रहरीले दुवै स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ।

 

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस