२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

गाजामा नरसंहार रोक्न माग गर्दै दूतावास अगाडिको नागरिक प्रदर्शनमा पूर्व प्रधानमन्त्री सपरिवार

Former Prime Minister and his family in a civil demonstration in front of the israel embassy

काठमाडौं । इजरायलको गाजा क्षेत्रमा भएको नरसंहारको विरोधमा वृहत् नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ।

आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालयअघि प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

नागरिकको आन्दोलनको प्रदर्शनमा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी, बाबुरामकी छोरी मानुषी समेत सहभागी थिए।

 

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस