२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

एनआरएनए नागरिकता लिँदै बद्री केसीले भने, एक पटकको नेपाली सधैंको नेपाली अभियान सार्थक भयो

Once Nepali Forever Nepali Campaign was worthwhile

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताएका छन् । सरकारले प्रदान गरेको गैरआवासीय ( एनआरएनए ) नेपाली नागरिकता प्राप्तिपछि अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

‘नागरिकता पेपर मात्र होइन, यो अभिभारा पनि हो । अभिभारा काँधमा थपिएको छ,’ उनले भने, ‘विदेशमा बस्ने नेपालीले समृद्ध नेपालमा योगदान पुर्याउनुपर्ने छ ।’ उनले यो नागरिकतालाई पूर्ण अधिकारसहित निरन्तरता दिन मागसमेत गरे । सरकारले आफूहरुको माग पूरा गरेकोमा उनले धन्यवादसमेत दिए ।

 

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस